

एमालेको संकल्प यात्रा आज गाेरखा पुग्ने

कास्की – नेकपा एमालेले समृद्धिका लागि संकल्प भन्ने नारा सहित सुरु गरेको मध्यपहाडको यात्रा आज कास्कीबाट गोरखा र लमजुङ जाँदैछ ।
यात्राको नवौं दिन आज गण्डकी प्रदेशको यात्रा समापन हुनेछ। आजको यात्रा पोखराबाट सुरु भएर नयाँपुल, रामटार,काँडे र भोर्लेटारमा नेता,कार्यकर्ता तथा शुभेच्छुकहरुसँग भेटघाट हुनेछ।
बिहानको खाना लम्जुङको सुन्दर बजारमा हुनेछ भने यही ठाउँमा आमसभा पनि हुनेछ । अध्यक्ष केपी शर्मा ओली सहितको केन्द्रीय टिम आज गोरखामा बास बस्नेछ ।
मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु भएको यो यात्रा पूर्वी सिमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुष १ गते सकिने छ।

