तीन संसदीय समितिका बैठक बस्दै


काठमाडौं – तीन वटा संसदीय समितिको बैठक बस्दैछ ।

अहिले बिहान साढे १० बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।

त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो साढे २ बजे बस्ने संसदीय सुनुवाई समितिको बैठकमा परराष्ट्र मन्त्रीसँग छलफल र प्रश्तावित राजदुतको सुनुवाइ हुनेछ ।

प्रतिक्रिया