

स्थगित भयो अधिवक्ताको परीक्षा

काठमाडौं- नेपाल कानून व्यवसायी परिषद्ले यही मंसिर २२ र २३ गतेका लागि तय गरेको गरेको अधिवक्ताको ३१ औ परीक्षा तत्कालका लागि स्थगित गरेको छ ।
काउन्सिलले आज एक सूचना मार्फत प्राविधिक कारण देखाउँदै हाललाई परीक्षा स्थगन गरेको जानकारी गराएको हो ।
अर्को सूचना प्रकाशित नभएसम्मका लागि सवै केन्द्रका परीक्षा स्थगन गरिएको परिषदको सूचनमा उल्लेख गरेको छ ।

