

राप्रपाले जनदबाबका कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जन दबाबका कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले पुस, माघ, फागुन र चैत्र महिनामा जनदबाबका कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।
कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न ७ वटा एजेन्डा पेश गरेका छन् ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्था, हिन्दु राष्ट्रको पुनर्स्थापना लगायत जनजीविकाबारे पार्टीले जनदबाब र आन्दोलन गर्ने विषयमा कार्यदलको तर्फबाट आन्दोलनको आवश्यकता र औचित्य सम्बन्धी ड्राफ्ट पेश गरेका छन् ।

