प्रधानमन्त्रीले बोलाए सत्ता गठबन्धनको बैठक, एनसेल बिक्री प्रमुख एजेन्डा


काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री दाहालले अहिले साँझ ६ बजेका लागि सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त बैठकमा एनसेलको शेयर बिक्रीका सम्बन्धमा छलफल हुने जनाइएको छ । बैठकका लागि पार्टीको कार्यक्रमका लागि महोत्तरी पुगेका प्रचण्ड काठमाडौँ फर्कँदै छन् ।

कार्यक्रममा प्रधानमन्त्री  प्रचण्डले एनसेल शेयर बिक्रीमा अर्बौँ रकम हिनामिना सम्बन्धमा समाचार प्रकाशित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

प्रतिक्रिया