भूकम्पपीडित किशोरीमाथि कुटपिटपछि बलात्कार


जाजरकोट- जाजरकोटको नलगाड नगरपालिकाकी भूकम्पपीडित एक किशोरीमाथि कुटपिटपछि बलात्कार भएको छ ।

ठूली आमाको परिवारसँगै बसेकी उनी २६ कात्तिक राति नजिकैको चौरमा बलात्कृत भएकी हुन् । बलात्कार अभियोगमा २१ वर्षीय गोपाल वादी पक्राउ परेका छन् ।

घटनाको अनुसन्धान गरेर प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय जाजरकोटले जिल्ला अदालतमा शुक्रबार गोपालविरुद्ध अभियोगपत्र दायर गरेको छ ।

प्रतिक्रिया