

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी नियुक्त

काठमाडौं- सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा गुणराज लोहनीलाई नियुक्त गरेको छ ।
स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
डा. लोहनी नेपालमा स्वास्थ्य बीमा शुभारम्भ गर्दाका कार्यकारी निर्देशक थिए । सोही कारण उनलाई स्वास्थ्य वीमा कार्यक्रममा ज्ञाता मानिन्छ । उनकै पहलमा २०७२ चैत २५ मा कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको हो ।

