ओलावालेको निर्णायक गोलमा धनगढी विजयी


काठमाडाैं – नेपाल सुपर लिग (एनएसएल) मा धनगढीले सनसनिपूर्ण जित हासिल गरेको छ। बिहीबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा बुटवल लुम्बिनिलाई १–० ले पराजित गरेको छ ।

धनगढीको जितमा ओलावाले आफिजले इन्जुरी समयमा गरेको एकमात्र गोल निर्णायक बन्यो ।

धनगढीको यो लगातार दोस्रो जिते हो भने बुटवल लुम्बिनीको दोस्रो हार हो । एनएसएलको दोस्रो संस्करणमा ९ वटा टोली सहभागी छन् ।

एनएसएलमा भाेलि शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसीबीच खेल हुनेछ । खेल बेलुकी साढे ५ बजे दशरथ रङ्गशालमा सुरु हुनेछ ।

प्रतिक्रिया