
यी हुन् नेपालसँगै विश्वकप खेल्ने यी २० टिम
काठमाडौं – सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा सहभागी टिमको टुंगो लागेको छ ।
२० टिमले सहभागिता जनाउनुपर्ने विश्वकपमा १२ टिम सिधै छनोट भएका थिए भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गरेका छन्। बिहीबार अफ्रिका छनोटबाट युगान्डाले विश्वकपमा स्थान पक्का गरेसँगै टी(२० विश्वकप खेल्ने सबै २० टिमको टुंगो लागेको छ। त्यसअघि नेपाल र ओमानले एसिया छनोटबाट विश्वकपमा स्थान पक्का गरेका थिए।
आगामी ४ देखि ३० जुनसम्म अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा ५५ खेल हुनेछन्। सुरुमा २० टिमलाई ५÷५ टिमको ४ समूहमा विभाजन गरिनेछन्।
४ समूहका शीर्ष २÷२ टिम गरी कुल ८ टिम सुपर–८ मा पुग्नेछन्। सुपर–८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर–२ को दुई समूहका शीर्ष २÷२ टिम सेमिफाइनलमा पुग्नेछन्।
टी–२० विश्वकप २०२४ खेल्ने २० टिम
अमेरिका, वेस्ट इन्डिज, अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, अफगानिस्तान, बंगलादेश, नामिबिया, युगान्डा, क्यानडा, नेपाल, ओमान, पपुवा न्युगिनी, आयरल्यान्ड र स्कटल्यान्ड।



कागजपत्र |
