बुढानिलकण्ठका सब-इन्जिनियर घुससहित पक्राउ


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाका सब-इन्जिनियर टीकाराज राईलाई ८० हजार रुपैयाँ घुस लिएको आरोपमा रङ्गेहात पक्राउ गरेको छ ।

राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।

राईलाई सेवाग्राहीबाट ८० हजार घुसररिसवत लिइसकेको अवस्थामा  बुढानिलकण्ठ नगरपालिका-७ बाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया