मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु 


हेटौंडा – मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकै घरका ३ जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमती र छोरीको मृत्यु भएको जनाइएको छ ।

सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नं.को मोटरसाइकल अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १२ मिटर तल खसेको थियो।

दुर्घटनामा मोटरसाइकल चालक मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएका थिए भने अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

मोटरसाइकलमा सवार उनकी श्रीमती ३४ वर्षीया रूपा र अन्दाजी ४ महिने छोरीको घटनास्थलमै मृत्यु भएको हो।

गम्भीर घाइते भीमबहादुरको हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवन मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया