

दुबई जानुअघि राष्ट्रपति पौडेल भेट्न शितलनिवास पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौ – राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।
कोप–२८ मा सहभागी हुन अहिले केहीबेर पछि युएई जाने तयारीमा रहेका प्रधानमन्त्री दाहालले बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
उक्त अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताकासाथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सृजना गर्नसमेत प्रधानमन्त्री दाहाललाई सुझाव दिएको जनाइएको छ ।

