अमेरिका पठाइदिने भन्दै १५ लाख ठगी गर्ने आमाछोरा पक्राउ


काठमाडौं – अमेरिका पठाइदिने भन्दै ठगीको आरोपमा आमाछोरा पक्राउ परेका छन् ।

राजधानीबाट पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१४ घर भएकी ६४ वर्षीया शान्ति श्रेष्ठ र उनका छोरा ३६ वर्षका विशाल श्रेष्ठ छन् ।

आरोपीहरुले चन्द्रबहादुर रावललाई अमेरिका जान ४० लाख लाग्ने भन्दै १५ लाख अग्रीम लिएर सम्पर्कविहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जनाए ।

आरोपीहरूलाई बानेश्वरबाट पक्राउ गरेर कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया