
अझै पत्तो लागेन चितवनमा ५ दिनअघि बोराभित्र मृत भेटिएका २ को परिचय
प्रहरीले सार्वजनिक गर्यो पहिचानका लागि वस्तु तथा चिन्हहरू
चितवन – चितवनको भरतपुरमा हत्या गरी फालिएको अवस्थामा भेटिएका दुई जनाको सनाखत अझै हुन सकेको छैन । पाँच दिन अघि अर्थात् मंसिर ६ गते बुधबार दिउँसो पौने १ बजेतिर भरतपुर महानगरपालिका-१२ मिलनचोक स्थित पूर्व-पश्चिम लोकमार्ग सडकको कल्भर्ट मुनी एक महिला र एक पुरूषको शव बोरामा बाँधेको अवस्थामा फेला परेको थियो।
प्रहरीले शव पहिचान हुन नसक्दा अनुसन्धान गर्न पनि जटिल भइरहेको जनाउँदै पहिचानका लागि मृतकहरूको शरिरमा रहेका लुगा अन्य वस्तुहरूको फोटो सार्वजनिक गर्दै पहिचानमा सहयोग गर्न आग्रह गरेको छ।
प्रहरीले शव पहिचानका लागि ७७ वटै जिल्लालगायत सीमावर्ती भारतीय जिल्लाहरूमा समेत हुलिया परिपत्र गरेको छ। पहिचान खुलेमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवनमा ९८५५०९०१३३ मा सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
पुरुषको शरीरमा रहेका चिजवस्तु तथा चिन्हहरु:
१) SUPER DRY लेखिएको निलो रंगको कट्टु
२) DURO 80 DOUBLE लेखिएको कलेजी रंगको पेन्टी थान
३) RUPA FRONTLINE साइज 80 CM लेखिएको सेतो रंगको सेन्डो
महिलाको शरीरमा रहेका चिजवस्तु तथा चिन्हहरु:
१) SIZE L लेखिएको प्याजी रंगको लेगिन्ज
२) सल (रातो र पहेलो रंग मिसिएको र रातो रंगको )
३) माला (रातो डोरा सहित एकापट्टि दुर्गा माता र अर्कोपट्टि मन्दिर जस्तो देखिने फोटो भएको)
४) कानको झुम्का
५) बायाँ हातमा A, M र Y (अस्पष्ट ) जस्तो र S स्पष्ट लेखिएको र चित्र आकार भएको ट्याटु
६) पेन्टी रातो वा कलेजी रंगको
७) ब्रा सेतो बुट्टा भको पहेंलो रंगको
८) टप्स ढाकाको जस्तो बुट्टा भएको छिर्केमिर्के रंगको



कागजपत्र |
