


युवा संघको मंसिर ७ को कार्यक्रम तीनकुनेमा

काठमाडौं – नेकपा एमालेको युवा संघ र अनेरास्ववियुले जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी मंसिर ७ गते घोषणा गरिएको कार्यक्रमस्थल परिवर्तन गर्न दिएको सुझाव अवलम्बन गर्दै कार्यक्रमस्थल परिवर्तन गरेको छ ।
युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम त्यही समयमा तीनकुनेमा सारिएको जनाएका छन् । सरकारले सोमबारबाट एक महिनासम्मका लागि माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले कार्यक्रमको स्थान परिवर्तन गरेको हो ।
सरकारले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकाले निर्धारित कार्यक्रम सोही मिति र समय (बिहान ११ बजे) मा काठमाडौँस्थित तीनकुनेमा हुने अध्यक्ष थेवेले जनाएका छन् ।

