
बन्द कोठाभित्र दाजुभाई मृतावस्थामा फेला
दाङ – जिल्लाको तुलसीपुरमा सहोदर दाजुभाइ मृत अवस्थामा फेला परेका छन्।
तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भई तुलसीपुर– ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका सहोदर ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत कोठाभित्र मृत अवस्थामा फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले सोमबार बेलुकी ६ बजेतिर मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको बताए। गएर हेर्दा दाजुभाइ एउटै कोठाका दुई खाटमा मृत अवस्थामा फेला परेको उनले जानकारी दिए।
घटनाबारे थप विवरण आइसकेको छैन ।



कागजपत्र |
