

विप्लवसँग वार्ता, केही दिनमा शान्तिका लागि हस्ताक्षरः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाईको नेकपा नेत्र विक्रम चन्द विप्लव समूहसँग वार्ता गरी समस्या समाधानतिर अघि बढेको बताएका छन्।
झापाको दमकमा आइतबार औद्योगिक पार्कको शिलान्याशपछि सम्बोधन गर्दै उनले विप्लव समूहसँग केही दिनमा नै समस्या समाधान भएको समाचार घर घरमा बसेर टेलिभिजनमा हेर्न सकिने बताएका हुन्।
विप्लप समूहसँग अनौपचारिक वार्ता जारी राखेको सरकारले सहमतिको विन्दुमा हस्ताक्षर गर्न मात्र बाँकी रहेको छ। विप्लवले पनि केही दिन अघि विज्ञप्ति जारी गरी वार्ताका लागि सकारात्मक रहेको जनाएका थिए।

