वायु सेवा निगमद्वारा २ क्याप्टेनलाई उडानमा रोक


काठमाडौं – नेपाल वायु सेवा निगमले दुई जना क्याप्टेनलाई जहाज उडानमा रोक लगाएको छ । जहाजको प्राविधिक पक्ष समस्या आएको तर कुनै जानकारी नदिई उडान गरेको भन्दै उनीहरुलाई उडानमा रोक लागाइएको हो ।

उडनमा रोक लागाइएका क्याप्टेनहरुमा सुनील श्रेष्ठ र महेशमान डंगोल रहेका छन् । जहाजको समस्याबारे जानकारी नगराएको विषयमा जाँचबुझ गर्न निगमले वरिष्ठ क्याप्टेन युवराज कुमार भट्टराईको संयोजकत्वको क्याप्टेन विजय लामा, मनिषकुमार शाह तथा डम्बर रावत रहेको छानबिन समिति समेत गठन गरेको थियो ।

समितिले ११ फागुनदेखि शुरु गरेर प्रतिवेदन दिने तयारीमा रहेको निगमले जनाएको छ । उतm प्राप्त प्रतिवदेनको आधारमा थप कारवाही गरिने निगमले जनाएको छ ।

प्रतिक्रिया