भाइले दाजुमाथि खुकुरी चलाएपछि…


रामेछाप – रामेछापमा भाइको खुकुरी प्रहारबाट दाजू घाइते भएका छन् । जिल्लाको उमाकुण्डको कुवुकास्थलीका ओसिराम बस्नेतले आफ्नै दाजु ४९ वर्षीय देवबहादुर बस्नेतमाथि खुकुरी प्रहार गदा देवबहादुरको अवस्था गम्भीर रहेको छ ।

भाइले हानेको खुकुरी प्रहारबाट दाजु देवबहादुरको दुवै खुट्टा र दाहिने हातमा गहिरो चोट लागेको छ । उनलाई स्थानीयहरूले घटनास्थलबाट तत्काल उद्धार गरी स्वास्थ्य चौकी लगेका थिए ।

स्थानीय स्वास्थ्य चौकीमा उनको उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित ग्रान्डी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी शैलेन्द्रकुमार खड्काले जानकारी दिए ।

उक्त घटनापछि खुकुरी प्रहार गर्ने ओसिरामलाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया