पोखरामा हँसियाले हानेर छोराले गरे बाबुको हत्या


पोखरा – पोखरामा आफ्नै छोराले हँसियाले हानेर बाबुको हत्या गरेका छन् । पोखरा १७ बिरौटा गोधुली संसार पथका रविन क्षेत्रीले ५२ वर्षीय बाबु रामु क्षेत्रीको हँसियाले हानेर हत्या गरेका हुन् ।

खुर्पाले हानेर घाइते भएका रामुको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बाबुको मृत्यु भएपछि फरार रहेका रविनको प्रहरीले हुलिया सार्वजनिक गरेको थियो । सोही सूचना हेरेर पाल्पा प्रहरीले प्रभासबाट ग२०प ६०४७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उनलाई पोखरा ल्याएर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

प्रतिक्रिया