


जनकपुर-जयनगर चल्ने रेलले किच्दा भारतीय नागरिकको मृत्यु

काठमाडौं – जनकपुर-जयनगर रेलमा किचिएर एक जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको रेलले धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशन नजिक लिकमा किच्दा भारत बिहार राज्यको मधुवनी जिल्लाको जयनगर बेल्ही बस्ने वर्ष ६० का विन्देश्वर दासकाे मृत्यु भएको जनाइएको छ ।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखेर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

