
नवलपुर दुर्घटना अपडेटः घाइते १ को पनि मृत्यु, मृत्यु हुनेमा ४ महिला र ३ पुरुष
नवलपुर — नवलपुरमा जीप दुर्घटना घाइते भएका थप १ जनाको पनि मृत्यु भएको छ । यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।
जिल्लाको बौंदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले जाँदै गरेको यात्रुबहाक लु १ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका वडा नं. ९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमा ६ जनाको मृत्यु भएको थियो । घटनास्थलबाट उद्धार गरिएका थप एक घाइतेलाई भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।
घटनामा ४ महिना र ३ पुरुषको मृत्यु भएको हो ।
तीब्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।



कागजपत्र |
