
३ वर्षीया छोरीका बाबु–आमा नै झुण्डिएको अवस्थामा मृत फेला
कञ्चनपुर – कञ्चनपुरमा एक दम्पत्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीका २६ वर्षीय श्यामकुमा राना र उनकी श्रीमती पुष्पा राना झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनीहरुलाई आइतबार बिहान प्लाष्टिकको डोरीले झुण्डिएको अवस्थामा फेला पारिएको थियो । उनीहरुका तीन वर्षकी छोरी छन् ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको खास कारण शवको पोष्टमार्टम गरेपछि पत्ता लाग्ने प्रहरीको भनाइ छ ।



कागजपत्र |
