

१२ वर्षदेखि फरार प्रतिवादी पक्राउ

संखुवासभा – कर्तव्य ज्यान मुद्दाका विगत १२ वर्षदेखि फरार प्रतिवादी धर्मदेवी नगरपालिका-२ घर भएका २८ वर्षीय बुद्दे भन्ने बुद्दिराज जिमीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बुद्दिराज जिमी समेतले २०६८ फागुन ३ गते धर्मदेवी नगरपालिका-२ बस्ने रविन जिमीको हत्या गरी फरार रहेका उनलाई प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले सोही नगरपालिका-२ तामाफोकबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कानुनी कारबाहीको लागि संखुवासभा जिल्ला अदालतमा पेश गरिएको छ ।

