युट्युबर मनोज मानव पक्राउ


काठमाडौं – विभिन्न व्यक्तिहरूको चरित्र हत्या गर्ने किसिमको सामाग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन् ।

‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानलबाट विभिन्न सार्वजनिक गर्ने मानवलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको ब्युरो एसपी पशुपतिकुमार रायले जानकारी बताए । विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने खालका सामग्री टिकटकमार्फत पोस्ट गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनलाई कसको उजुरीका आधारमा पक्राउ गरिएको भन्नेबारे भने ब्युरोले खुलाएको छैन ।

मनोज विभिन्न व्यक्तिगत चरित्र हत्या हुने सामग्री बनाएर युट्युबमार्फत ‘भाइरल’ हुँदै आएका थिए । केही दिनअघि पूर्वएआईजी रणबहादुर चन्द र आफूलाई सामाजिक अभियन्ता बताउने तारा बराल बसेको एक रेस्टुरेन्टको कोठामा मनोज प्रवेश गरेका थिए । त्यति बेला बरालले मनोजको मुखमा थुक्दै थप्पड समेत हानेकी थिइन् ।

त्यसका साथै उनले पूर्वमन्त्री महेश बस्नेतको पनि चरित्र हत्या गर्ने किसिमको सामाग्री सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया