‘लोकतान्त्रिक गणतन्त्रविरुद्ध देखिन खोजेको प्रहारको मिलेर प्रतिवाद गरिने’


काठमाडौं – शान्ति सम्झौतामा हस्ताक्षर गर्ने प्रमुख दलका शीर्ष नेताहरू संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध देखिन खोजेको प्रहारको मिलेर प्रतिवाद गर्ने निष्कर्षमा पुगेका छन् ।

आज सिंहदरबारमा बसेको बैठकपछि नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले शीर्ष नेताहरू लोकतन्त्रप्रति प्रतिबद्ध रहेको बताइन् । विभिन्न कोणबाट देखा परेका प्रहारको मिलेर प्रतिवाद गरिने निष्कर्षमा पुगिएको उनले बताइन् ।

‘दलका शीर्ष नेताहरूले लोकतन्त्रको प्रतिबद्ध भएको, यदाकदा छिटफुट पानीका फोकाजस्ता विभिन्न कोणबाट देखा परेका, पर्न खोजका प्रहारको मिलेर प्रतिवाद गर्ने भन्ने सबैको अभिव्यक्तिबाट निष्कर्षमा पुगेका छौँ,’ उनले भनिन् ।

भुसालले जीवनभर लडेका नेताहरू व्यवस्थाको रक्षा र विकास गर्ने कुराम प्रतिबद्ध रहेको बताइन् ।

उनले छिट्टै प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले आर्थिक भेलाको आयोजन गर्ने पनि बताइन् । बैठकबाट आर्थिक स्थितिको चित्रण गरेर कसरी अघि बढ्ने निष्कर्षमा पुगिने उनको भनाइ छ ।

 

प्रतिक्रिया