जुवामा ७० लाख हारेका युवकले गरे आत्महत्या


काठमाडौं – दसैंमा जुवा खेल्दा करिब ७० लाख रुपैयाँ हारेका एक युवक आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।

उदयपुर स्थायी घर भई भैंसेपाटी बस्दै आएका हरिबहादुर थापा बिहीबार मृत भेटिएका हुन् । बन्द कोठाभित्र सलमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको छ ।

पारिवारिक स्रोतका अनुसार जुवामा उनले करोडौं गुमाएका थिए । जसकारण उनको श्रीमतीसँग पनि राम्रो सम्बन्ध थिएन । श्रीमतीलाई कुटपिट गरेको विषयमा पटक–पटक प्रहरीमा उजुरी परेको थियो ।

उनको ससुराली पक्षले डिभोर्स गराउने तयारी गरेको समेत बुझिाएको छ ।

कुनै समय गाडीमा काम गर्ने थापा धनी परिवारकी नर्स युवती बिहे गरेपछि रातारात करोडपति बनेका थिए ।

ससुरालीले नै उनलाई भैंसेपाटीमा एक रोपनी जग्गा दिएका थिए । त्यहाँ उनले घर बनाएका थिए । साथै उनको एक दर्जन टिप्पर थिए । जुवामा धेरै हार्दा त्यसमध्ये धेरै बिक्री गरेका थिए ।

आर्थिक तथा पारिवारीक तनावमा उनले आत्महत्या गरेको प्रहरी आँकलन छ । यद्यपि उनका परिवारले भने ससुराली पक्षले यातना दिएको आरोप लगाएका छन् ।

 

प्रतिक्रिया