नेपाली सेनाले माग्यो २२९ अधिकृत क्याडेटका लागि दरखास्त (सूचनासहित)


काठमाडौं – नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ ।

सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।

नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ ।

आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ ।

7-1698972351.jpg

प्रतिक्रिया