
सरकारी बाइकमा भारतीय नम्बर राखेर चलाउने ३ जना पक्राउ
राैतहट – रौतहटमा सरकारी नम्बरको मोटरसाइकल (बाइक)मा भारतीय नम्बर राखेर चलाइरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। फतुवा विजयपुर नगपालिकाको कार्यालयको नाममा दर्ता रहेको ना. १ ब ३७९० नम्बरको निलो र कालो रंगको बजाज कम्पनीको १५० सीसीको पल्सर मोटरसाईकलमाथि भारतीय नम्बर राखेर चलाइरहेका तीन जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
उनीहरूमाथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थमाई अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दामोदर केसीले बताए । आरोपीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
उक्त मोटरसाइकल गौर नगरपालिका १ कृष्ण मन्दिर नजिक राज प्रिन्टिङ प्रेसको अगाडि पार्किङ्ग गरी राखेको अवस्थामा बुधवार अपरान्ह चोरी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।



कागजपत्र |
