प्रिन्सिपल हत्या प्रकरणः थप दुई जना पक्राउ


बारा – बारामा प्रिन्सिपलको हत्या प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको आरोपमा थप दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ। सोमबार साँझै प्रहरीले एक महिलालाई पक्राउ गरेको थियो।

केहीबेर अघि थप दुई पुरूषलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए।

पक्राउ परेका दुई पुरूष र महिलाले अपराध स्वीकार गरिसकेको पनि प्रहरीले जनाएको छ। अहिले अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ । अनुसन्धानपछि उनीहरुलाई सार्वजनिक गरिने जनाइएको छ ।

प्रतिक्रिया