प्रिन्सिपल स्वर्णकारको हत्याको आरोपमा एक पक्राउ


बारा – बाराका प्रिन्सिपलको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सोमबार दिउँसो कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानेर हत्या गरेको घटनामा एक जनालाई पक्राउ गरेको बाराका एसपी सुरेश काफ्लेले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेकाले ती व्यक्तिको परिचय खुलाउन नमिल्ने एसपी काफ्लेले बताए।

३९ वर्षीय स्वर्णकारको सोमबार दिउँसो चार जनाको समूहमा दुईवटा मोटरसाइकलमा आएको समूहले ५ राउन्ड गोली हानेको थियो । त्यसपछि उपचारका क्रममा उनको निधन भएको थियो ।

प्रतिक्रिया