करणले लिए हङकङको पहिलो ओभरमै विकेट


काठमाडौँ – त्रिदेशीय टी-२० सिरिजमा नेपालले हङकङको पहिलो विकेट लिएको छ।

शनिबार मुलपानी क्रिकेट मैदानमा पहिलो ओभरको दोस्रो बलमै करण केसीले हङकङका मार्टिन कोइत्जीलाई बोल्ड गरेका हुन्।

सुरूमा ब्याटिङ गरेको नेपालले हङकङसामु २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको हो।

नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक रन पूरा गरेका छन्। मल्लले ४१ बलमा ९२ रन बनाएर आउट भए। उनले तीन चौका र ९ छक्का प्रहार गरेका छन्।

यस्तै दीपेन्द्रसिं‌ह ऐरीले ३४ बलमा ५७ रन बनाएका छन्। उनले ६ चौका र दुई छक्का प्रहार गरी अर्धशतक पूरा गरेका हुन्। ओपनर आसिफ शेखले १३ बलमा २० रन पूरा गरी आउट भएका थिए।

प्रतिक्रिया