परराष्ट्र सचिव पौडेल क्यानडाको राजदूतमा सिफारिस


काठमाडौँ – परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् ।

मन्त्रिपरिषद् बैठकले पौडेललाई मन्त्रीसरहको मर्यादासहित क्यानडाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

मंसिरमा अवकाश हुन लागेका पौडेल न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको स्थायी प्रतिनिधिका लागि दाबेदार थिए । यसअघिको प्रचलन तथा योग्यता तथा क्षमताका आधारमा पनि उनको स्वाभाविक दाबेदारी थियो ।

तर, सरकारले त्यहाँ सहसचिव लोकबहादुर थापालाई पठाएपछि पौडेलमाथि अन्याय भएको टिप्पणी भइरहेका बेला मन्त्रीसरहको मर्यादामा रहने गरी क्यानडाको राजदूत सिफारिस गरिएको एक मन्त्रीले बताए ।

पौडेलको संसदीय सुनुवाइलगायतका प्रक्रिया टुङ्गिँदा सचिवको पूरै कार्यकाल सकेरमात्र राजदूत हुनेछन् । उनीपछि मन्त्रालयको सचिवमा सेवा लम्सालको सम्भावना छ ।

प्रतिक्रिया