ढुंगाले लागेर पाँचथरमा एकजनाकाे मृत्यु


पाँचथर – पाँचथरमा ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ ।

हिलिहाङ गाउँपालिका–१ अमरपुरमा निर्माणाधीन काबेली ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत मजदुरको ढुंगाले लागेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा इलामको देउमाई नगरपालिका–९ का २५ वर्षीय भुपाल मगर रहेका छन् ।

ड्रिल मेसिनले ढुंगा निकाल्ने क्रममा खसेको ढुंगाले लागेर मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया