

अफगानिस्तानद्वारा इङ्ल्याण्ड पराजित

काठमाडौं – विश्वकप क्रिकेट अन्तर्गतको खेलमा अफगानिस्तानले शानदार जित हात पारेको छ ।
इङ्ल्याण्डविरुद्धको खेलमा अफगानिस्तान ६९ रनले जित हात पार्दै विश्वकप क्रिकेटमा शानदार जित हात पारेको हो ।
अफगानिस्तानले दिएको २८४ रनको लक्ष्य पछ्याउने क्रममा इङ्ल्याण्ड ४०.४ ओभरमा २१५ रनमा समेटिएको हो ।
त्यसअघि अफगानिस्तानले ४९.५ ओभरमा २८३ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

