

गठबन्धनलाई कमजोर हुन नदिन प्रचण्ड, देउवा र कोइरालाबिच लिखित सहमति

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले लिखित सहमति गरेका छन् ।
सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा सरकार बनाउन पुगेका नेता कोइरालासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले लिखित सहमति गरेका हुन् ।
शनिबार बिहान भएको तीन नेताबिचको छलफलमा लिखित सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सहमतिमा सबैजना सत्ता गठबन्ध्नप्रति दृढ र स्पष्ट रहेको तथा यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने उल्लेख गरिएको छ ।

