को हुन् त कोशीका आठौं मुख्यमन्त्री कार्की ?


विराटनगर — अन्ततः कोशी प्रदेशले मुख्यमन्त्री पाएको छ । विगत लामोसमयदेखि कोशी प्रदेश मुख्यमन्त्रीमा देखिएको संकट अन्ततः केदार कार्की नेकपा एमालेको साथबाट मुख्यमन्त्री बनेका हुन् ।

कोशी प्रदेशको आठौं मुख्यमन्त्रीको रुपमा नियुक्त भएका केदार कार्कीको जन्म २०३० साल पुष ७ गते आमा स्व।ईश्वरी र पिता प्रेमबहादुर कार्कीको कोखबाट भएको हो । कार्की विद्यालय कालदेखि नै राजनीतिमा होमिएका हुन् । उनी जनता उच्च माध्यमिक विद्यालय मधेसामा २०४४ सालमा नेपाल विद्यार्थी संघको सभापति भएका थिए । विद्यालयस्तरको शिक्षापछि उनको उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट सुरु भयो ।

उनी सो क्याम्पसमा २०५२ सालमा नेविसंघको क्याम्पस एकाइका सभापति भएका थिए । यसपछि उनी २०५९ सालमा नेविसङ्घ क्षेत्रीय सभापति भए । यसपछि उनी जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

२०६३ सालमा भने उनी नेवि संघको केन्द्रीय सदस्यको भएका थिए । उनी काङ्ग्रेसको केन्द्रीय सदस्यमा भने पराजित भए । उनले स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका छन् ।

नेपालमा संघीयता कार्यान्वयनमा गएसँगै तत्कालीन नम्बर १ को पहिलो प्रदेश सभामा मोरङको क्षेत्र नम्बर ६ को २ बाट प्रदेश सभामा निर्वाचित भएका थिए । नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका कार्की संसदीय दलको प्रमुख सचेतकमा नियुक्त भए । कार्की २०७८ कात्तिक दोस्रो प्रदेश सभाको निर्वाचन सम्म कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीको भए ।

राजनीतिका साथसाथै नेता कार्की सामाजिक र शैक्षिक गतिविधिमा पनि संलग्न छन् । उनी पूर्वाञ्चल विश्वविद्यालयमा पूर्व सिनेट सदस्य हुन् ।

 

प्रतिक्रिया