एमाले मधेश अधिवेशनः बन्दसत्र सुरू, नेतृत्वका लागि आधा दर्जन बढी आकांक्षी


जनकपुरधाम – नेकपा एमाले मधेश प्रदेशको पहिलो अधिवेशनको बन्दसत्र सुरु भएको छ । महाधिवेशन प्रतिनिधि र नेताहरू खाना खाएर बन्दसत्रमा गएका हुन् ।

बुधवार राति ८ बजे नै बन्दसत्र हुने भनिए पनि प्रदेश नेतृत्वमा सहमति गर्ने प्रयासमा लागिएको थियो तर सहमति जुटाउने प्रयास विफल भएपछि अहिले बन्दसत्र सुरु भएको हो ।

प्रदेश अध्यक्षका लागि आधा दर्जन बढी आकांक्षी रहे पनि अहिले चार जनाको नाम मात्र चर्चामा छन् । जसमध्ये धनुषाकै तीन नेता लक्ष्मीनारायण यादव, शिवशंकर साह ‘हिरा’ र राजकिशोर यादव ‌। यस्तै सिरहाका चन्देश्वर मण्डल पनि बलिया दाबेदार छन् ।

प्रदेशमा एमालेभित्र अहिले दुई गुट देखिएको छ, सरोज यादव र रघुवीर महासेठ । तर एमाले नेता लीलानाथ श्रेष्ठ पनि उम्मेदवार खडा गरेपछि तीन गुट देखिन्छ ।

प्रतिक्रिया