टीकापुरबाट अवैध रकमसहित तीन भारतीय नागरिक पक्राउ


टीकापुर – कैलालीको टीकापुरबाट अवैध रकमसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूलाई राजस्व अनुसन्धान तथा औद्योगिक शिक्षालय टीकापुरको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोदराज श्रेष्ठका अनुसार उनीहरूको साथबाट प्रहरीले नेपालमा प्रतिबन्धित पाँच सय दरका भारतीय नोटसहित ३ लाख ८७ हजार भारतीय रुपैयाँ र ६ लाख २३ हजार नेपाली रुपैयाँ बरामद गरेको हो ।

उनीहरू चढेको एक भारतीय नम्बर प्लेटको टाटा गाडी समेत नियन्त्रणमा लिइएको श्रेष्ठले बताए ।

अहिले नगदसहित समातिएका उनलाई राजस्व अनुसन्धान तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा राखिएको छ । उनलाई राजस्व अनुसन्धान कार्यालयमा पठाउने तयारी भइरहेको श्रेष्ठले बताए ।

प्रतिक्रिया