बुधवार राति ११ बजे इजरायल नउड्ने भयो जहाज


काठमाडाैं – नेपाल एयरलाइन्सको जहाज निर्धारित समयमा इजरायल नजाने भएको छ । बुधवार राति ११ बजे उड्ने तय भएको जहाज कानूनी प्रक्रिया नमिलेपछि निर्धारित समयमा जान नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज पठाउने तय भएको थियो । आज राति ११ बजे दुबई ट्रान्जिट बनाएर निगमको जहाज इजरायल पठाइने परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको थियो ।

इजरायलमा हमासको आक्रमणको क्रममा त्यहाँ रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जोखिममा रहेका नेपालीले पनि सरकारबाट उद्धारको लागि याचना गरिरहेका छन् ।

उक्त जहाजमा इजरायलमा निधन भएका १० नेपालीको शव समेत ल्याइने जनाइएको छ ।

 

प्रतिक्रिया