कैद माफी दिने सरकारको निर्णयविरुद्ध महिलाहरूको प्रदर्शन


काठमाडौं – संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः जेल चलान गर्नुपर्ने माग गर्दै महिलाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

महिला अधिकारकर्मीहरूले रिगललाई पुनः कारगार पठाउनुपर्ने माग गर्दै आज माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । उनलाई कैद मिनाह दिइएको भन्दै त्यसको विरोधमा मृतककी पत्नी भारती मानन्धर माइतीघरमा अनसनरत छिन् ।

महिला अधिकारकर्मी अञ्जु केसी श्रेष्ठले यो घटना संविधानको मर्म विपरित निर्णय गरेको भन्दै प्रदर्शनमा उत्रिन बाध्य भएको बताइन् ।

नेपालगञ्जका चेतन मानन्धरको हत्यामा अदालतबाट दोषी ठहर भइ जेल परेका थिए । रिगललाई सरकारले संविधान दिवसको अवसरमा यसै महिना कारागारबाट मुक्त गरेको थियो ।

प्रतिक्रिया