असई चाैधरी सुतेकै अवस्थामा मृत फेला


धनकुटा – धनकुटामा एक सहायक प्रहरी निरीक्षक (असई) मृत फेला परेका छन् ।

धनकुटाको चौबिसे गाउँपालिकास्थित मुढेबास प्रहरी चौकीका इन्चार्ज धनकुटा असई प्रकाश चौधरी मृत फेला परेका हुन् ।

४१ वर्षीय चौधरी मंगलबार सुतेकै स्थानमा मृत अवस्थामा फेला परेका थिए ।

मोरङ जिल्ला घर भएका चौधरीलाई कोठामा घोप्टो परेको अवस्थामा मृत फेला पारिएको धनकुटा प्रहरीले जनाएको छ ।

मृतक असई चौधरीको शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

प्रतिक्रिया