सुनचाँदीको मूल्य बढ्यो


काठमाडौँ – आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख आठ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन तोलाको एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया