नेपालमा पहिलो पटक सुरु भयाे ‘फेमिली कोर्ट’


काठमाडौँ – नेपालमा पहिलो पटक पारिवारिक इजलास सुरु भएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतबाट पारिवारिक इजलास सेवा सुरु गरिएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलास सेवा उदघाटन गरेका हुन् । उनले प्रधानन्यायाधीशका रुपमा सिफारिस भएलगत्तै संसदीय सुनुवाइ समितिमा आफ्ना भावी कार्ययोजना प्रस्ताव गर्दै पारिवारिक इजलास स्थापनाको लक्ष्य सुनाएका थिए ।

महिला, घरेलु हिंसा र बालबालिका भएको मुद्दा हेर्न पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गर्ने कार्ययोजना उनले प्रस्तुत गरेका थिए ।

सोही अनुसार महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेर्ने गरी छुट्टै इजलास गठन भएको हो । महिलाले अंश पाउन धेरै समय कुर्नुपर्ने, लामो समय लाग्ने भएकाले डेडिकेटेड इजलास गठन गरिएको हो । यस्तो इजलासको व्यवस्था ललितपुर जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतमा पनि लागु गर्ने तयारी छ ।

प्रतिक्रिया