प्यालेस्टाइनी आक्रमणबाट इजराइली सहरका एक मेयरको मृत्यु


काठमाडाैं – शनिवार बिहान हमासले गरेको घातक रकेट आक्रमणमा परी शार हानेगेभ क्षेत्रीय काउन्सिलका प्रमुख (मेयर) ओफिर लिब्स्टेनको मृत्यु भएको स्थानीय स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इजराइलले बताएको छ ।

‘आतङ्कवादीको आक्रमणको बेला सहरको रक्षा गर्न गएका ओफिर मारिए,’ काउन्सिलको विज्ञप्तिलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । उनको मृत्युपछि काउन्सिलका उपप्रमुख योसी केरेनलाई अन्तरिम प्रमुख बनाइएको छ ।

पछिल्लो समाचारअनुसार हमासको रकेट आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको र एक सयभन्दा बढी घाइते भएका छन् ।

मध्य तथा दक्षिण इजराइलमा शनिबार बिहान साढे तीन घण्टासम्म व्यापक रकेट हमला भएको थियो । यसबाहेक हमासले पाँच जना इजराइल डिफेन्स फोर्स (आईडीएफ)का सैनिकलाई अपहरण गरेको दाबी गरेको जेरुसेलनम पोस्टले बताएको छ ।

आईडीएफले भने त्यसको पुष्टि गरेको छैन । हमासको आक्रमणपछि आईडीएफले गाजापट्टीमा जवाफी हमला गरेको छ ।

प्रतिक्रिया