धरानमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, एकजना घाइते


धरान – सुनसरीको धरानमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

धरान–८ स्थित कोशी हाइवेको लांघाली चोकमा शुक्रबार धरानबाट इटहरी जाँदै गरेको को १ ख ४०६३ नम्बरको मालवाहक ट्रकले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

सो दुर्घटनामा स्कुटरमा सवार इटहरी–९ घर भएका ४५ वर्षीय आशबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्कुटरको पछाडि सवार धनकुटाको साँगुरीगढी–९ घर भएका ५० वर्षीय टेकबहादुर राई गम्भीर घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि प्रहरीले ट्रक चालक धनकुटाको चौबिसे गाउँपालिका–६ का ३० वर्षीय चन्द्रप्रसाद राईलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया