
धर्मगुरु आचार्य श्रीनिवास प्रहरी नियन्त्रणमा, धार्मिक हिंसा भड्काउन खाजेको आरोप
विराटनगर – धार्मिक तथा साम्प्रदायिक अभिव्यक्ति दिएर धार्मिक हिंसा भड्काउन खाजेकोे आरोपमा धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले नियन्त्रणमा लिएका छ । उनलाई सुनसरी प्रहरीले सोमवार साँझ नियन्त्रणमा लिएको हो ।
हिन्दू धर्मका धर्मगुरु श्रीनिवासले केही दिनअघि हातमा खुकुरी बोकेर धार्मिक तथा साम्प्रदायिक हिंसा भड्काउने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर सोधपुछ गर्न उनलाई नियन्त्रणमा लिइएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए । ‘केही कुरा बझनुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालयमा उपस्थितिको लागि बोलाएको हो,’ उनले लोकान्तरसँग भने, ‘थप अनुसन्धानपछि मात्र अरु विषयमा भन्न सकिन्छ । अहिलेलाई मैले यति नै भने ।’
गत चैत वर्षको २५ मा श्रीनिवासमाथि विराटनगरमा गोली प्रहार भएको थियो । हिन्दू धर्म बचाउन भन्दै श्रीनिवास आफैँले आफैँलाई गोली हानेको खुलेको थियो ।



कागजपत्र |
