

दोलखा सुन बरामद प्रकरणः चिनियाँ नागरिकसहित थप ३ पक्राउ

काठमाडौं – दोलखाबाट बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक गेङ्रु, उनका सहयोगी र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ रहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये चिनियाँ नागरिक गेङ्रुले नै चीनबाट सुन मगाएको पाइएको अनुसन्धानबाट खुलेको सीआईबी स्रोतले बतायो ।
यसअघि प्रकरणमा ७ जना पक्राउ परिसकेका छन् । गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको थियो ।

