

न्यूरोडबाट राजस्व छलिको ८० थान मोबाइलसहित चोरीको गाडी बरामद

काठमाडौं – काठमाडौँको न्युरोडबाट प्रहरीले राजस्व छलिको मोबाइल र चोरीको गाडी बरामद गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्यूरोडबाट ८० थान मोबाइल र फोर्ड कम्पनीको बा.११ च ५०९४ नम्बरको गाडी बरामद गरेको हो ।
राजस्व छलीको मोबाइल र गाडी सहित रामेछापको लिखु गाउँपालिका–७ घर भएका मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
बरामद सामानसहित उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

