

सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता

काठमाडौं — भारतविरुद्धको खेलमा नेपाललाई तेस्रो सफलता हात लागेको छ ।
नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिएका हुन् ।
यसअघि नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिं ऐरीले विकेट लिएका थिए । अहिले भारत १३ ओभरमा ११९ रन बनाएर खेलिरहेको छ ।

